images
images

आईपीओ जारी गर्दै प्रभू हेलिकप्टर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल


  • 473
    SHARES
  • २०८० पौष ९ गते सोमबार

    आईपीओ जारी गर्दै प्रभू हेलिकप्टर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    काठमाडौं । प्रभु हेलिकप्टरले सर्वसाधरणमा प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले ६ करोड ६० लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको आइपिओ निष्काशन गर्नका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

    बिक्री प्रबन्धक नियुक्तिको सम्झौता पत्रमा प्रभु हेलिकप्टरका प्रबन्ध सञ्चालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

    व्यावसायिक योजनाअनुसार सर्वसाधारणमा आइपिओ जारीसँगै पब्लिक लिमिटेडमा जाने आफू मुलुककै पहिलो हेलिकप्टर कम्पनी हुने दाबी प्रभु समूहको छ ।


    images
    images

    Logo