काठमाडौं । नेपाल ल्यूब आयलको शेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेले कम्पनीको २५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।
समायोजनपश्चात कम्पनीको शेयरमूल्य २ सय २५ रुपैयाँ ९२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार कम्पनीको शेयर दोस्रो बजारमा प्रतिकित्ता २ सय ८२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २५ गते ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सो सभा याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजे शुरु हुनेछ।