काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिनदेखि अर्थात् विहीबार सुरु भएको करेक्सनले यस दिन पनि निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.०३ अंकले घटेर २ हजार ८८ दशमलव ७ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ९ स्क्रिपको ७ अर्ब ११ करोड रुपैयाँ बराबरको १८ करोड ५८ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । गत साताको अन्तिम दिन विहीबार ६ अर्ब २७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आइतबार ७९ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ६१ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छ ।
यस दिन १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक बढेको छ। कारोबारमा आएको लगानी उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.८९ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ४३ लाख रुपैयाँ शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको २९ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको २१ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बोटलर्स नेपाल वालाजू, कालिका पावर, सामलिङ् पावर, विपिडव्लु लघुवित्त, चिरख्वा हाइड्रोपावर रहेका छन् । त्यस्तै, मुक्तिनाथ कृषि कम्पनी र सुर्यज्योति लाईफ इस्योरेन्स ९.९९ प्रतिशतले बढेको छ । दुई कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।



