images
images

सातामा ११४ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?


  • 439
    SHARES
  • २०८० पौष ७ गते शनिबार

    सातामा ११४ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ११४ अंकले बढेर २ हजार १ सय ९दशमलव १० विन्दुमा पुगेको छ। यस साता ५ कारोबार दिनमध्ये नेप्से परिसूचक ४ कारोबार दिन उकालो लागेको थियो भने एक कारोबार दिन घटेको थियो। यस साताको अन्तिम कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

    यस साता नेप्सेको कुल बजार पूँजीकरण साढे ६ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ७६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ९९ अर्ब रुपैयाँ बढेर ३२ खर्ब ७६ अर्ब पुगेको छ।

    साताको पहिलो दिन आइतबार २७.७५ अंकले २ हजार २२ दशमलव २५ विन्दुमा पुगेको छ । सो दिन ५ अर्ब १० करोड रुपैयाँ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो भने सोमबार ३८.१४ अंकले बढेर २ हजार ६० दशमलव ४९ विन्दुमा पुगेको छ । सो दिन ६ अर्ब ७५ करोड रुपैयाँ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    त्यस्तै, मंगलबार ४५.९८ अंकले बढेर २ हजार १ सय ६ दशमलव ४८ विन्दुमा पुगेको थियो । सो दिन ५ अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार ३५.३९ अंकले बढेर २ हजार १ सय ४१ दशमलव ८७ विन्दुमा पुगेको छ । सो दिन ६ अर्ब ८८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

    त्यस्तै, साताको अन्तिम दिन विहीबार सामान्य अंकले घटेर बन्द भएको छ । विहीबार ३२.७७ अंकले घटेर २ हजार १ सय ९ दशमलव १० विन्दुमा पुगेर बन्द भएको छ । सो दिन ६ अर्ब १४ करोड रुपौयँ बराबरको शेयर कारोबार भएको थियो । 

    यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १९.२८ प्रतिशत बढेको छ।  यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम १.६८ प्रतिशत घटेको छ। 

    यस साता ४ कम्पनीको कुल ७ करोड २९ लाख ६० हजार कित्ता नेप्सेमा सूचीकृत भएको छ। यस साता प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको मर्जरपछिको शेयर नेप्सेमा सूचीकृत भएको हो भने नेपाल वेयरहाउजिङ्ग कम्पनी, चिरख्वा हाइड्रोपावर र भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

    लाभांशको सिजन पनि चलिरहेको छ । यद्यपि, नेप्से सूचकमा केही राम्रो संकेत देखिएको छ । वर्षभरिको कमाईबाट सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन् । कतिपयले साधारण सभा गरेर लाभांश प्रस्ताव अनुमोदन पनि गरिसकेका छन् । तर यी कुराहरुको सकारात्मक देखिएको छ । 


    images
    images

    Logo