images
images

मुग्लिन–पोखरा सडकको आँबुखैरेनी खण्ड कालोपत्र गरिँदै


  • 529
    SHARES
  • २०८० पौष ६ गते शुक्रबार

    मुग्लिन–पोखरा सडकको आँबुखैरेनी खण्ड कालोपत्र गरिँदै

    दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सडक दुईतर्फीरुपमा कालोपत्र थालिएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)ले सवारी आवागमनमा असर नपर्ने गरी दुईतर्फी कालोपत्र गर्न थालेको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

    उनले भने, “एकतर्फी कालोपत्र भइसकेको ठाउँमा अर्कोतर्फ दुई किलोमिटर दूरीमा कालोपत्र गरिएको छ । यसअघि कालोपत्र भइसकेको खण्डबाट सवारीसाधन चलाएर अर्कोतर्फ कालोपत्र गर्ने काम जारी छ ।” पूर्वी खण्डमा हालसम्म १२.५ किलोमिटर सडक एकतर्फी कालोपत्र भइसकेको छ । बरादीदेखि मार्कीचोकसम्म कालोपत्र भइसकेको छ । अर्कोतर्फ १२.५ किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गर्ने योजना छ ।

    यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट मार्किचोकसम्म तीन दशमलव पाँच र बन्दीपुर गाउँपालिका–१ नाहालदेखि छिर्कनेसम्म ५.५ किलोमिटर खण्ड एकतर्फी कालोपत्र भइसकेको इन्जिनियर पाण्डेले बताए। 

    पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ४५ प्रतिशत काम सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्ड ४१.५ किलोमिटर दूरीको छ ।  राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा छ सय ३१ घरटहरा हटाइनेछन् । त्यसवापत २२ करोड ४५ लाख रुपैयाँ मुआब्जा वितरण गरिने बताइएको छ । 


    images
    images

    Logo