काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मिर्मिरे लघुवित्तको परिवर्तित शेयर संरचना परिवर्तन भएको छ । शुक्रबार नेप्सेले कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको हो ।
संस्थाको पुँजी संरचना परिर्वतन सम्बन्धी पत्रमार्फत संस्थाको हालसम्म सूचीकृत कुल शेयर ६६ लाख ५७ हजार ६ सय ४२ कित्ता एवं साविक संस्थापक र सर्वसाधारण समूहको शेयर हिस्सा क्रमश : ६१.०१ र ३८.९९ प्रतिशत अनुपातमा कायम गरिएको छ ।
जसमा परिवर्तित सेयर संरचनाअनुसार अब संस्थापक समूहको ४० लाख ६१ हजार ८ सय २७ कित्ता र सर्वसाधारण समूहको २५ लाख ९५ हजार ८ सय १४ कित्ता कायम भएको छ।
