images
images

मुक्तिनाथ विकास बैंकको शेयर कारोबार रोक्का


  • 856
    SHARES
  • २०८० पौष ६ गते शुक्रबार

    मुक्तिनाथ विकास बैंकको शेयर कारोबार रोक्का

    काठमाडौं । मुक्तिनाथ विकास बैंकको शेयर कारोबार रोक्का भएको छ ।  बिहीबार (पुस ५ गते) दिउँसो २ः३० बजे कारोबार समयमा मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको बैठक बसेर लाभांश घोषणासम्बन्धी निर्णय गरेको भन्दै बैंकमाथि कारबाही गर्दै शेयर कारोबार रोक्का गरेको हो । 

    नेप्सेको आजको निर्णयबाट मुक्तिनाथ विकास बैंकको शेयर कारोबार रोक्का गर्दै ३ कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो। 

    धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि संगठित संस्थाले नेप्सेमा पेस गर्नुपर्ने हुन्छ।

    बैंकले हाल कायम चुक्ता पूँजीको १०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । सोमध्ये ९.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५१३२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ । 


    images
    images

    Logo