काठमाडौं । चिलिमे हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ । विहीबार नेप्सेले १० प्रतिशत बोनस बापतको शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि उक्त कम्पनीको शेयरमूल्य ५ सय १९ रुपैयाँ ८२ पैसा कायम भएको छ । सो कम्पनीको अन्तिम कारोबार ५ सय ७१ रुपैयाँ ८० पैसामा भएको थियो ।