images
images

सर्वसाधारणका लागि आईपीओ निष्काशनको लागि सर्वोत्तम सिमेन्टले पायो अनुमति


  • 627
    SHARES
  • २०८० पौष ५ गते बिहीबार

    सर्वसाधारणका लागि आईपीओ निष्काशनको लागि सर्वोत्तम सिमेन्टले पायो अनुमति

    काठमाडौं । सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आईपीओ ल्याउने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई आईपीओ ल्याउन अनुमति दिएको हो। 

    अब यो कम्पनीले प्रतिकित्ता ३६०.९० रुपैयाँमा आईपीओ निष्काशन गर्नेछ । कम्पनीले स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणका लागि कुल ३६ लाख कित्ता आर्ईपीओ बिक्री खुला गर्नेछ।।

    कम्पनीले यसअघि बुक बिल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्तालाई शेयर बिक्री गर्दा कायम भएको कटअफ प्राइसमा १० प्रतिशत छुट दिएर आइपीओ जारी गर्न लागेको हो। योग्य संस्थागत लगानीकर्ताबाट परेको बोलपत्र खुला गर्दा प्रतिकित्ता ४०१ रुपैयाँ कट अफ प्राइस कायम भएको थियो। जसअनुसार कम्पनीले १० प्रतिशत छुट दिएर प्रतिकित्ता ३६०.९० रुपैयाँमा सर्वसाधारणलाई आईपीओ ल्याउनेछ।

    कम्पनीले कुल ६० लाख कित्तामध्ये ४० प्रतिशतले हुन आउने २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्तालाई बिक्री गरिसकेको छ। बाँकी ६० प्रतिशत अर्थात् ३६ लाख कित्ता अब सर्वसाधारणका लागि जारी हुनेछ।

    यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

     


    images
    images

    Logo