images
images

निरन्तर ७ दिनको वृद्धिपछि नेप्सेमा करेक्सन, कारोबार रकम ६ अर्ब २७ करोड


  • 404
    SHARES
  • २०८० पौष ५ गते बिहीबार

    निरन्तर ७ दिनको वृद्धिपछि नेप्सेमा करेक्सन, कारोबार रकम ६ अर्ब २७ करोड

    काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्ला ७ कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको नेप्से यस दिन भने करेक्सन भएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.७७ अंकले घटेर २ हजार १ सय ९ दशमलव १० विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ४ स्क्रिपको ६ अर्ब २७ करोड रुपैयाँ बराबरको १ करोड ७१ लाख कित्ता शेयर किनबेच भएको छ । 

    १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने अन्य ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.३६ प्रतिशत र व्यापार उपसमूहको परिसूचक ०।५६ प्रतिशत बढेको हो। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२३ प्रतिशत घटेको छ।

    विहीबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ७ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । विहीबार ५० कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ९१ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयेर मूल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको ३० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको २५ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २० करोडमाथिको शेयर कारोबार भएको छ ।

    विहीबार यस दिन नेप्से घटेपनि ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बोटलर्स नेपाल वालाजू, आशा लघुवित्त, धौलागिरि लघुवित्त, चिरख्वा हाइड्रोपावर रहेका छन् ।  यस दिन अन्य ७ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने ३ कम्पनीको मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

     


    images
    images

    Logo