images
images

ऋणपत्र निष्काशनका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पायो बोर्डबाट अनुमति 


  • 452
    SHARES
  • २०८० पौष ५ गते बिहीबार

    ऋणपत्र निष्काशनका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पायो बोर्डबाट अनुमति 

    काठमाडौं । ऋणपत्र निष्काशनका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकलाई ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासनको अनुमति दिएको हो। 

    अब बैंकले प्रतिइकाइ १ हजार अंकित दरका कुल ४० लाख ४० हजार इकाइ ऋणपत्र निष्कान गर्नेछ । बैंकले कुल इकाइमध्ये २४ लाख २४ हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १६ लाख १६ हजार इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ।

    यो १० वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

     


    images
    images

    Logo