काठमाडौं । आज शेयर बजार बढ्दा करिब एक दर्जन कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्से परिसूचक बढेसँगै आज ११ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
यसरी सर्किट लाग्नेमा यसरी सकारात्मक सर्किट लाग्नेमा बोटलर्स नेपाल वालाजू, हिमालयन डिष्टिलरी, फरवार्ड माइक्रोफाइनान्स, निफ्रा, लिवर्टी इनर्जी, युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, विपिडव्लु लघुवित्त, नेपाल रिपब्लिक मिडिया, थ्री स्टार हाइड्रोपावर र ह्याथवे इन्भेष्टमेन्ट नेपाल रहेका छन् ।
त्यस्तै, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

