काठमाडौं । बुधबार नेप्से परिसुचक बढेर बन्द भएको छ । गत साताको मंगलबारदेखि उकालो लाग्न थालेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो ।
यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.२९ अंकले बढेर २ हजार १ सय ४१ दशमलव ८७ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ६ स्क्रिपको ७ अर्ब रुपैयाँ बराबरको १ करोड ९९ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज १ सय ६१ कम्पनीको शेयर मूल्य बढेको छ । ७८ कम्पनीको शेयर मुल्य घटेको छ भने ५ कम्पनीको शेयर मुल्य स्थिर छ । आज होटल्स एण्ड टुरिजम र निर्जीवन बीमा उपसूचक बाहेक सबै उपसूचकहरु बढेका छन् ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, सोल्टी होटल्सको २४ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको २० करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावरको १८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ११ कम्पनीको शेयरमल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा बोटलर्स नेपाल वालाजू, हिमालयन डिष्टिलरी, फरवार्ड माइक्रोफाइनान्स, निफ्रा, लिवर्टी इनर्जी, युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, विपिडव्लु लघुवित्त, नेपाल रिपब्लिक मिडिया, थ्री स्टार हाइड्रोपावर र ह्याथवे इन्भेष्टमेन्ट नेपाल रहेका छन् ।



