images
images

तीन कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ?


  • 1.6K
    SHARES
  • २०८० पौष ४ गते बुधबार

    तीन कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ?

    काठमाडौं । तीन कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । यसरी आईपीओ सुचीकृत हुनेमा भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड, चिरख्वा हाइड्रोपावर लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी रहेको छ । 

    भिजन लुम्बिनी उर्जा कम्पनीको १ करोड ९१ लाख २५ हजार कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको हो । नेप्सेले कम्पनीलाई पहिलो  कारोबारका लागि न्युनतम १ सय २१ रुपैयाँ ७८ पैसा र अधिकतम ३ सय ६५ रुपैयाँ ३५ पैसासम्म ओपनिङ रेञ्ज तोकिदिएको छ । 

    त्यस्तै, चिरख्वा हाइड्रोपावरको ४० लाख कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको हो । नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि न्युनतम १ सय रुपैयाँ १ पैसा र अधिकतम ३ सय रुपैयाँ ३ पैसासम्म ओपनिङ रेञ्ज तोकिदिएको छ ।  

    यसैगरि, नेपाल वेयरहाउजिङ कम्पनीको ६८ लाख ७५ हजार कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको हो । नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि न्युनतम ९३ रुपैयाँ ०४ पैसा र अधिकतम २ सय ७९ रुपैयाँ १२ पैसासम्म ओपनिङ रेञ्ज तोकिदिएको छ । 

    तीनै कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo