काठमाडौं । फरवार्ड माइक्रोफानान्सको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुस ३ गतेको निर्णय अनुसार सो लघुवित्तको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।
लघुवित्तले गत आर्थिक बर्ष २०७९/८० को लाभांश सम्वन्धी सुचना ढिला गरी पठाएको भन्र्दै नेप्सेले गत मंसिर २८ गते गतेको निर्णयबाट फरवार्ड माइक्रोफानान्सको शेयर कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो।
फरवार्ड माइक्रोफाइनान्सले पुस २ गते नेप्सेमा पत्र पठाउँदै सुविसु इन्टरनेटको कनेक्टिभिटीमा समस्या आएका कारण समयमै लाभांश घोषणासम्बन्धी निर्णयबारे जानकारी गराउन नसकिएको जानकारी गराएको थियो। नेप्सेले आगामी दिनमा यस्तो गल्ती नदोहोर्यान सचेत गराउँदै सो कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको हो ।




