images
images

प्रभु महालक्ष्मी लाइफ इस्योरेन्सको शेयर नेप्सेमा सुुचीकृत


  • 470
    SHARES
  • २०८० पौष २ गते सोमबार

    प्रभु महालक्ष्मी लाइफ इस्योरेन्सको शेयर नेप्सेमा सुुचीकृत

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इस्योरेन्सको शेयर नेप्सेमा सुुचीकृत भएको छ । साबिकको प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स आपसमा मर्ज भई बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शेयर सूचीकृत भएको हो। 

    नेप्सेमा प्रभु महालक्ष्मी लाइफको नाममा १०० रुपैयाँ अंकित दरका कुल ४ करोड २९ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको छ। नेप्सेको आजको निर्णयबाट प्रभु महालक्ष्मी लाइफको नाममा धितोपत्र सूचीकरण भएको र मर्जर प्रयोजनका लागि रोक्का राखिएको शेयर कारोबार फुकुवा गरिएको हो।

    सोहीअनुसार भोलिदेखि प्रभु महालक्ष्मी लाइफको नाममा शेयर कारोबार खुल्नेछ। 

     


    images
    images

    Logo