काठमाडौं । सोमबार नेप्से परिसुचक बढेर बन्द भएको छ । गत साताको पहिलो कारोबार दिनदेखि उकालो लाग्न थालेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो ।
यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.१४ अंकले बढेर २ हजार ६० दशमलव ४९ विन्दुमा पुगको छ । आज कारोबारमा आएका ३ सय ५ स्क्रिपको ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको २ करोड १४ लाख कित्ता शेयर किनबेच भएको छ । यस दिनको कारोबार रकम पछिल्लो ११ महिना यताकै उच्च हो। यस अघि २०७९ पुस २६ गते ७ अर्बभन्दा बढीको कारोबार भएको थियो।
यस दिन जलविद्युत उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ५.५३ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, सोनापुर मिनरल्सको २० करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटल्सको १८ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १६ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ६ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बोटलर्स नेपाल, सूर्या ज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, विपिडब्लु लघुवित्त, हाथवे इन्भेष्टमेन्ट रहेका छन् । त्यस्तै, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त र धौलागिरी लघुवित्त ९.९९ प्रतिशतले बढेको छ ।
त्यसैगरी, यस दिन जाल्पा लघुवित्त, मेरो माइक्रोफाइनान्स, किसान लघुवित्त र गुडविल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।



