काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीबाट १ः१ को अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।
बैठकले हकप्रद निष्कासनको लागि बिद्युत नियनम आयोगबाट सहमति लाई साधारण सभामा पेश गर्ने निर्णय गरेको छ । आयोगको सहमतिपछि हकप्रद सेयर निष्कासन प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश हुनेछ ।
सभाबाट परित भएपछि नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुनेछ । कम्पनीले बैंकको कर्जा तिर्नलाई हकप्रद जारी गर्न लागेको हो ।