काठमाडौं । साताको पहिलो दिन शेयर बजार बढेर बन्द भएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि निरन्तरजसो बढिरहेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.७५ अंकले बढेर २ हजार २२ दशमलव ३५ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ९५ कम्पनीको ५ अर्ब १५ करोड रुपैयाँ बराबरको १ करोड ७१ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत सातको विहीबार ३ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.।५५ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक यस दिन घटेको हो।
आइतबार १ सय ८५ कम्पनीको शेयर मूल्य बढेको छ । ५२ कम्पनीको शेयर मूल्यमा घटेको छ भने ४ कम्पनीको शेयर मुल्य स्थिर छ ।
आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावरको कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, सोनापुर मिनरल्सको १६ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको १६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १४ करोडमाथि शेयर कारोबार भएको छ ।
आज ११ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज ११ कम्पनीका शेयर मूल्य १० प्रतिशतले बढीले बढेको छ भने ५ कम्पनीका शेयर मूल्य ९.८० प्रतिशत बढीले बढेको छ । त्यस्तै, ५ कम्पनीको ९.६० प्रतिशतभन्दा बढीले बढेको छ ।



