images
images

हिमालयन रि–इस्योरेन्सको आईपीओमा आवेदन दिने म्याद थपियो 


  • 817
    SHARES
  • २०८० पौष १ गते आइतबार

    हिमालयन रि–इस्योरेन्सको आईपीओमा आवेदन दिने म्याद थपियो 

    काठमाडौं । हिमालयन रि–इस्योरेन्सको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले जारी गरेको सेयरमा पर्याप्त आवेदन नपरेपछि पुस ११ गतेसम्मका लागि म्याद थप भएको हो ।

    यद्यपि, आवश्यक संख्यामा आवेदन प्राप्त भएपश्चात सो सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरी निष्काशन खुल्ला भएको ४ कार्यदिनपश्चात कुनै पनि दिन निष्काशन बन्द गरिने कम्पनीले जनाएको छ। कम्पनीले मंसिर २७ गतेबाट सेयर बिक्री खुला गरेको थियो ।

    कम्पनीले १० अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर जारी गर्ने अनुमति पाएको थियो। कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्काशनमा ल्याएको हो।

    सो मध्येमा २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड कित्ता शेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कम्पनीले सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर बाँडफाँट पनि गरिसकेको छ।

    सोपश्चात दोस्रो चरणमा, बाँकी रहेको २ करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशनमा ल्याएको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

     


    images
    images

    Logo