images
images

नबिल बैंकको ऋणपत्र आजदेखि बिक्री खुला, कति पाइन्छ ब्याज ?


  • 402
    SHARES
  • २०८० मंसिर २९ गते शुक्रबार

    नबिल बैंकको ऋणपत्र आजदेखि बिक्री खुला, कति पाइन्छ ब्याज ?

    काठमाडौं । नबिल बैंकले आज मङ्सिर २९ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ।  बैंकबैंकले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ निष्काशन गरेको हो। 

    बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

    सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा पुस ३ गते हुनेछ भने ढिलोमा पुस १३ गते हुनेछ।

    बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। 


    images
    images

    Logo