काठमाडौं । नेपाल एसबीआई बैंकको शेयर मूल्य समायोजन भएको छ । विहीबार नेप्सेले ३.७५ प्रतिशत बोनस बापतको शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि उक्त कम्पनीको शेयरमूल्य ३ सय १० रुपैयाँ ३६ पैसा कायम भएको छ । सो कम्पनीको अन्तिम कारोबार ३ सय २२ रुपैयाँमा भएको थियो ।