images
images

सामान्य अंकले बढ्यो नेप्से, ४ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट


  • 708
    SHARES
  • २०८० मंसिर २८ गते बिहीबार

    सामान्य अंकले बढ्यो नेप्से, ४ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट

    काठमाडौं । बिहीबार बजारमा केहि उतारचढाव देखिए पनि अन्तिममा नेप्से भने बढेर बन्द भएको छ।  मंगलबार देखि बढेको बजारले आज पनि निरन्तरता दिएको हो । 

    नपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५५ अंहले बढेर १ हजार ९ सय ९४ दशमलव ६० विन्दुमा पुगेको छ ।  आज कारोबारमा आएका ३ सय स्क्रिपको ३ अर्ब ११ करोड रुपैयाँ बराबरको ९५ लाख ३५ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने घटेको छ । बुधबार ३ अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज १ सय ३२ कम्पनीको शेयर बढेको छ । १ सय ५ कम्पनीको शेयर मुल्य घटेको छ भने ४ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    बिहीबार कारोबारमा आएका १३ उपसमूहका ८ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ५ उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा विकास बैंक उपसमूहको सूचक १.३३ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक १.१२ प्रतिशतले बढेको छ।

    विहीबार सबैभन्दा धेरै सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज १६ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको ११ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको ९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    विहीबार आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बोटलर्स नेपाल (बालाजू), हिमालयन लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपर्स र नेपाल रिपब्लिक मिडिया रहेका छन् । त्यस्तै, तेपाल इस्योरेन्सको ९.९९ प्रतिशतले बढेको छ । दोल्ती पावर र मिड सोलु हाइड्रोपावरको ९.९८ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo