images
images

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको शेयर कारोबार रोक्का


  • 776
    SHARES
  • २०८० मंसिर २८ गते बिहीबार

    फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको शेयर कारोबार रोक्का

    काठमाडौं ।  फरवार्ड माइक्रोफाइनान्सको शेयर कारोबार रोक्का भएको छ ।  नेप्सेले आज निर्णयसम्बन्धी जानकारी कारोबार समयमा पठाएको भन्दै लघुवित्तमाथि कारबाही गर्दै शेयर कारोबार रोक्का गरेको हो । 

    नेप्सेको आजको निर्णयबाट फरवार्ड माइक्रोफाइनान्सको शेयर कारोबार रोक्का गर्दै ३ कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो। मंसिर २७ गते बुधबार बसेको सञ्चालक समितिले लाभांशसम्बन्धी गरेको निर्णय भोलिपल्ट मंसिर २८ गते कारोबार समयमा पठाएको भन्दै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो।

    नेप्सेले लाभांशसम्बन्धी निर्णय ढिला गरी पठाउनुको कारणबाट स्पष्ट पार्न संस्थालाई निर्देशन दिएको छ। फरवार्ड माइक्रोफाइनान्सको सञ्चालक समितिले आर्थिक वर्ष २०७९÷८०को वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको छ। यो निर्णयसहितको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने संस्थाले जनाएको छ।


    images
    images

    Logo