काठमाडौं । आजको कारोबारपछि तीन बैंकको बुक क्लोज हुने भएको छ । नबिल बैंक, नेपाल एसबीआई बैंक र कामना सेवा बैंकले साधारणसभा तथा घोषित लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्न लागेका हुन् ।
यो वर्ष नबिल बैंकले ११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । त्यस्तै, नेपाल एसबीआईले ६.८० प्रतिशत नगद र ३.७५ प्रतिशत बोनस शेयरसहित १०.५५ प्रतिशत लाभांश दिँदैछ । कामना सेवा बैंकले यो वर्ष कुनै पनि लाभाश वितरणको प्रस्ताव गरेको छैन ।