काठमाडौं । बुधबार दुई कम्पनीको शेयर मुल्य समायोजन भएको छ । मुल्य समायोजन हुनेमा नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकको रहेका छन् ।
नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनस पछि नेप्सेले प्रतिकित्ता ७ सय ९५ दशमलव ४५ रुपैयाँमा समायोजन गरेको छ । उक्त कम्पनीको अन्तिम कारोबार मुल्य ८ सय ७५ रुपैयाँमा कारोवार भएको थियो ।
त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ९० दशमलव ८७ रुपैयाँमा समायोजन गरेको छ । उक्त कम्पनीको अन्तिम कारोबार मुल्य ४ सय २८ रुपैयाँमा कारोवार भएको थियो ।