images
images

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो 


  • 590
    SHARES
  • २०८० मंसिर २७ गते बुधबार

    सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो 

    काठमाडौं । बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६० अंकले बढेर १ हजार ९ सय ८८ दशमलव ४ विन्दुमा पुगेको छ ।  कारोबार समयमा २००० विन्दुभन्दा माथि गएको नेप्से सूचक टिक्न नसक्दा अन्तिममा २००० विन्दु तल बन्द भएको छ।

    आज कारोबारमा आएका २ सय ९२ स्क्रिपको ३ अर्ब ९० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर किनबेच भएको थियो । आज नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ४ अर्ब ३० करोड रुपौयँ बराबरको शेयर कारोबार भएको थियो । 

    बुधबार कारोबारमा आएका १ सय ३४ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्यमा स्थिर छ । यस दिन जीवन बीमा उपसमूहको सूचक १.१४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसमूहको सूचक १.३१ प्रतिशतले घटेको छ। यस्तै व्यापार र होटल उपसमूहको सूचक पनि नकारात्मक छन्। बुधबार विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै १.१५ प्रतिशतले बढेको छ।

    आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको १४ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्टको १२ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण कावेली पावरको १२ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    आज १ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बोटलर्स नेपाल (बालाजु) रहेको छ । मोलुङ हाइड्रोपावरको ९.९८ प्रतिशतले बढेको छ । घलेम्दी हाइड्रो ९.९६ प्रतिशत, सानिमा डिबेन्चरको ९.७८ प्रतिशत र मानुषी लघुवित्तको ९.७८ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo