images
images

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ?


  • 658
    SHARES
  • २०८० मंसिर २७ गते बुधबार

    मुक्तिनाथ कृषि कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ?

    काठमाडौं ।  मुक्तिनाथ कृषि कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । बुधबार कम्पनीको ७० लाख कित्ता साधारण शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी) समेत मा वितरण गरिएको १४ लाख कित्ता अथात् २० प्रतिशत, कम्पनीका संस्थापक शेयरधनीहरुको लगानी गरेको ६५ लाख कित्ता अथात् ८० प्रतिशत समेत गरी ७० लाख कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम ७६ रुपैयाँ ८१ पैसा र अधिकतम २ सय ३० रुपैयाँ ४३ सम्म ओपनिङ रेञ्ज तोकिदिएको छ । कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 

     


    images
    images

    Logo