images
images

सम्हालिएर अघि बढ्यो नेप्से, कारोबार पनि उच्च


  • 1.1K
    SHARES
  • २०८० मंसिर २६ गते मंगलबार

    सम्हालिएर अघि बढ्यो नेप्से, कारोबार पनि उच्च

    काठमाडौं । मंगलबार नेप्से सम्हालिएर अघि बढेको छ । मौद्रिक नीतिको समीक्षापछि आइतबार सकारात्मक सर्किट लागेर बन्द भएको बजारमा सोमबार सामान्य घटेकाे थियो । तर, मंगलबार भने बजार पुनः बढेर बन्द भएको छ । 

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.८७ अंकले बढेर १ हजार ९ सय ८५ दशमलव ४४ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ९७ स्क्रिपको ४ अर्ब ३० करोड रुपैयाँ बराबरको १ करोड २४ लाख कित्ता शेयर किनबेच भएको छ । 

    यसैगरी, सोमबार पाँच महिनाभन्दा यताकै उच्च कारोबार भएको सेयर बजारमा मंगलबार भने केहि घटेको छ । सोमबार ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    मंगलबार कारोबारमा आएका सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा होटल उपसमूहको सूचक सबैभन्दा धेरै ४.३३ प्रतिशतले बढेको छ भने फाइनान्स, हाइड्रोपावर र जीवन बीमा उपसमूहको सूचक पनि ३ प्रतिशतभन्दा धेरैले बढेको छ।

    मंगलबार कारोबारमा आएका २ सय १४ कम्पनीको शेयर मूल्य बढेको छ । २४ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको १५ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको १४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बोटलर्स नेपाल बालाजू, धौलागिरी लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोनापुर मिनरल्स रहेका छन् भने सानिमा क्याप कोष र मानुषी लघुवित्तको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo