images
images

२ कम्पनीले माग्यो आईपीओ निष्काशनको लागि बोर्डसँग अनुमति


  • 668
    SHARES
  • २०८० मंसिर २५ गते सोमबार

    २ कम्पनीले माग्यो आईपीओ निष्काशनको लागि बोर्डसँग अनुमति

    काठमाडौं । २ कम्पनीले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । अनुमति माग गर्नेमा सर्वोत्तम सिमेन्ट र विकास हाइड्रोपावर रहेका छन् । 

    सर्वोत्तम सिमेन्टले स्थानीय र सर्वसाधारणका लागि कुल ३६ लाख कित्ता आइपीओ बिक्री खुला गर्नेछ। जसबाट कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ संकलन गर्नेछ।

    कम्पनीले यसअघि बुक बिल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्तालाई शेयर बिक्री गर्दा कायम भएको कटअफ प्राइसमा १० प्रतिशत छुट दिएर आइपीओ जारी गर्न लागेको हो। योग्य संस्थागत लगानीकर्ताबाट परेको बोलपत्र खुला गर्दा प्रतिकित्ता ४०१ रुपैयाँ कट अफ प्राइस कायम भएको थियो। जसअनुसार कम्पनीले १० प्रतिशत छुट दिएर प्रतिकित्ता ३६०.९० रुपैयाँमा सर्वसाधारणलाई आइपीओ ल्याउन लागेको हो।

    कम्पनीले कुल ६० लाख कित्तामध्ये ४० प्रतिशतले हुन आउने २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्तालाई बिक्री गरिसकेको छ। बाँकी ६० प्रतिशत अर्थात ३६ लाख कित्ता अब स्थानीय र सर्वसाधारणका लागि जारी हुनेछ। यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

    त्यस्तै, विकास हाइड्रोपावरले ४४ करोड ५४ लाख ५९  हजार ६ सय रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५ सय ९६ कित्ता सेयर निष्काशनको लागि अनुमति माग गर्दे आवेदन दिएको हो । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । कम्पनीले मुसिंर १९ गते आवेदन दिएको हो ।

     


    images
    images

    Logo