images
images

सुचीकृत कम्पनीले ‘लकइन’ खुल्नु ३० दिनअघि नै सुचना प्रकाशित गर्नुपर्ने, यस्तो छ बोर्डको निर्देशन


  • 465
    SHARES
  • २०८० मंसिर २५ गते सोमबार

    सुचीकृत कम्पनीले ‘लकइन’ खुल्नु ३० दिनअघि नै सुचना प्रकाशित गर्नुपर्ने, यस्तो छ बोर्डको निर्देशन

    काठमाडौं । सुचीकृत कम्पनीले ‘लकइन’ रहेको शेयर त्यो खुल्नुभन्दा ३० दिनअघि नै सार्वजनिक रुपमा सुचना जारी गरेर जानकारी गराउनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सुचीकृत कम्पनीहरुलाई ‘लकइन’ रहेको शेयरको खुल्नुभन्दा ३० दिनअघि सुचना जारी गरेर सवैलाई जानकारी गराउन निर्देशन दिएको छ । 

    यस्तै सेयर लक इनमा रहेको वर्ग (जस्तैः संस्थापक, स्थानीय प्रभावित आदि), लक इनमा रहेको कुल सेयर संख्या, लक इन अवधी समाप्त हुने मिति समेत स्पष्ट रुपमा खुलाई सार्वजनिक जानकारीको लागि सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने गरी व्यवस्था बोर्डले गरिदिएको हो ।

    यस्तो जानकारी बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि र सिडिएस एण्ड क्लियरिङलाई उपलब्ध गराउनुपर्ने व्यवस्थासमेत बोर्डले गरेको छ ।

    साथै सो सम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधी समाप्त भए पछिको एक हप्तासम्म सबैले सहजै देख्न सक्नेगरी सम्बन्धित संस्थाले आफ्नो वेवसाईटमा समेत राख्न बोर्डले निर्देशन दिएको छ ।

    sebon news.jpg

     


    images
    images

    Logo