काठमाडौं । १२ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना प्रकाशित गर्दै विकास निर्माणको काम सम्पन्न नगर्ने १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो ।
कालोसूचीमा परेका कम्पनीहरुमा सिराहाको आदर्श कन्स्ट्रक्सन, कार्यालयले त्रिवेणी निर्माण सेवा, बाँकेको गंगोत्री देवी निर्माण सेवालाई २ वर्ष, फिदिमको कमल कन्स्ट्रक्सन, बाँकेको भाबेश कनस्ट्रक्सन, काठमाडौंको उर्जा कृशभ मष्ट जेभी रहेका छन् । त्यस्तै, जुम्लाको प्रान्जल निर्माण सेवालाई समान १ वर्ष ६ महिना कालोसूचीमा राखिएको छ ।
यस्तै, पर्साको रोहित निर्माण सेवा, बझाङको पारस निर्माण सेवा र सुर्खेतको रुमानी निर्माण सेवालाई एक–एक वर्षका लागि कालोसूचीमा राखिएको छ । कार्यालयले कालोसूचीमा राखेका कम्पनीहरुलाई १ वर्षदेखि ३ वर्षसम्म सार्वजनिक काममा ठेक्का लिन नपाउने गरि कारबाही गरेको हो ।





