काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २५.५५ अंक बढेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार १११.२० अंक बढेर १९६३.९८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २५.५४ अंक बढेर १९८९.५३ विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा १७६ स्टकको २ करोड ९१ लाख ७९ हजार ३ सय ३३ रुपैयाँ ५० पैसा बराबरको ८५ हजार ५ सय ८४ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १५८ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको मूल्य घटेको छ। बाँकी १३ कम्पनीको मूल्य सो सेसनमा स्थिर रहेको छ।