images
images

शेयर बजारमा सर्किट लाग्दापनि घट्ने यी हुन् दुई कम्पनी


  • 765
    SHARES
  • २०८० मंसिर २४ गते आइतबार

    शेयर बजारमा सर्किट लाग्दापनि घट्ने यी हुन् दुई कम्पनी

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार बजार ६ प्रतिशतले बढेपछि नेप्सेमा तेस्रोपटक सकारात्मक सर्किट लागेको छ । बजारमा आज १२ः०९ मिनेटमा ६ प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको हो । योसँगै आजको बाँकी समयावधिको शेयर कारोबार स्थगित भएको थियो । 

    यसअघि ११ः०५ मिनेटमा पहिलो सकारात्मक सर्किट लागेको थियो । त्यसबेला कारोबार २० मिनेटका लागि स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजार पुनः ११ः२७ मिनेटमा दोस्रो सकारात्मक सर्किट लागेको थियो ।

    आइतबार सेयर बजारको परिसूचक नेप्से १११ अंक बढेको छ । नेप्से १९६३ अंकमा कायम भएको छ । आइतबार ९ मिनेटमा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भयो ।

    आज कारोबारमा आएका २३० कम्पनीहरुमध्ये २२७ वटाको कारोबार रकम बढेको छ भने दुई वटा कम्पनीको शेयर मूल्य घटेको छ । एउटा कम्पनीको भने मूल्य स्थिर रहेको छ । 

    आज कालिका लघुवित्त र उपकार लघुवित्तको शेयर मूल्य घटेको छ । रुरु जलविद्युत् परियोजनाको शेयर मूल्य स्थिर रहेको छ । 


    images
    images

    Logo