काठमाडौं । शेयर बजारमा आज तेस्रो सकारात्मक सर्किट लागेपछि बाँकी समयको शेयर कारोबार स्थगित गरिएको छ । बजारमा आज १२ः०९ मिनेटमा ६ प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको हो । योसँगै आजको बाँकी समयावधिको शेयर कारोबार स्थगित गरिएको छ ।
यसअघि ११ः०५ मिनेटमा पहिलो सकारात्मक सर्किट लागेको थियो । त्यसबेला कारोबार २० मिनेटका लागि स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजार पुनः ११ः२७ मिनेटमा दोस्रो सकारात्मक सर्किट लागेको थियो ।
