images
images

शेयर बजारमा ‘सकारात्मक सर्किट’, कारोबार २० मिनेटका लागि बन्द


  • 341
    SHARES
  • २०८० मंसिर २४ गते आइतबार

    शेयर बजारमा ‘सकारात्मक सर्किट’, कारोबार २० मिनेटका लागि बन्द

    काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजारमा उछाल आएको छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सुधारात्मक व्यवस्थाले लगानीकर्ताको मनोबल बढ्दा आज शेयर बजारमा उछाल आएको छ । योसँगै आज कारोबार खुलेको ५ मिनेटमै बजारमा ४ प्रतिशत अर्थात ७४.२० अंकले बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको छ ।

    नेप्सेले सकारात्मक सर्किट लागेपछि बजारमा २० मिनेट कारोबार रोकेको छ । नेप्सेमा पहिलो घन्टामा ४ प्रतिशतको बढोत्तरी हुँदा २० मिनेट कारोबार रोकिन्छ । त्यसपछि पुनः दोस्रो घन्टामा ५ प्रतिशतले बजार बढ्यो भने ४० मिनेटका लागि कारोबार रोकिन्छ भने अर्को तेस्रोपटक ६ प्रतिशतले बढेमा बजारको बाँकी कारोबार रोकिन्छ ।


    images
    images

    Logo