काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ५.६७ अंक घटेर १ हजार ८ सय ५२ दशमलव ७७ विन्दुमा झरेको छ। यस साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने २ कारोबार दिन बढेको छ। यस साताका अन्तिम दुई कारोबार दिन नेप्से बढेर बन्द भएको थियो।
यस साता नेप्सेको कुल बजार पूँजीकरण ०.१२ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ६५ अर्ब रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ३ अर्ब घटेर २८ खर्ब ६२ अर्बमा सीमित भएको छ।
साताको पहिलो दिन आइतबार ७.२९ अंकले घटेर १ हजार ८ सय ५१ दशमलव २३ विन्दुमा पुगेको छ । सो दिन ९३ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो भने सोमबार नेप्से घटेपनि कारोबार रकम भने बढेकाmे थियो । सो दिन ३.४२ अंकले घटेर १ हजार ८ सय ४७ दशमलव ८१ विन्दुमा पुगेको थियो भने १ अर्ब १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार १०.१० अंकले घटेर १ हजार ८ सय ३७ दशमलव ७१ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार नेप्से सामान्य अंकले बढेर बन्द भएको थियो सो दिन ३.३३ अंकले बढेर १ हजार ८ सय ४१ दशमलव ४ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
साताको अन्तिम दिन विहीबार ११.७३ अंकले घटेर १ हजार ८ सय ५२ दशमलव ७७ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सो दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको थियो ।
१३ उपसमूहमध्ये यस साता दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस साता निर्जीवन बीमा र जीवन बीमा उपसमूहका परिसूचक बढेको हो। यी दुई उपसमूहको परिसूचक यस साता क्रमशः २.४१ प्रतिशत र २.२० प्रतिशत बढेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.१७ प्रतिशत घटेको छ।
यस साता नेप्सेमा एक कम्पनीको १ लाख ७८ हजार ४ सय ५१ कित्ता शेयर सूचीकृत भएको छ। यस साता उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ नेप्सेमा सूचीकृत भएको हो।
लाभांशको सिजन पनि चलिरहेको छ । यद्यपि, नेप्से सूचकमा केही राम्रो संकेत देखिए पनि कारोबार भने खासै हुन सकेन । वर्षभरिको कमाईबाट सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन् । कतिपयले साधारण सभा गरेर लाभांश प्रस्ताव अनुमोदन पनि गरिसकेका छन् । तर यी कुराहरुको सकारात्मक प्रभाव अहिलेसम्म बजारमा देखिएको छैन ।



