images
images

भ्रम फैलाएर सेयर मूल्य प्रभाव पार्न खोज्नेलाई कारवाही गर्ने बोर्डको चेतावनी


  • 304
    SHARES
  • २०८० मंसिर २३ गते शनिबार

    भ्रम फैलाएर सेयर मूल्य प्रभाव पार्न खोज्नेलाई कारवाही गर्ने बोर्डको चेतावनी

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर मूल्यमा प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जाल वा सञ्चारमाध्यमार्फत टिप्पणी नगर्न चेतावनी दिएको छ । यसो गरेको पाइए कानुन बमोजिम कारवाही गर्नेसमेत बोर्डले चेतावनी दिएको छ । 

    शुक्रबार सूचना जारी गर्दै बोर्डले विभिन्न सञ्चारमाध्यम तथा फेसबुक, युट्युब, क्लबहाउसजस्ता सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचीकृत संगठित संस्थाको सेयरको मूल्यमा प्रभाव पार्नेगरी अभिव्यक्ति दिएको पाइएकाले त्यसो नगर्न चेतावनी दिएको हो ।

    ‘विभिन्न माध्यममा सेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित सेयरहरु खरिद वा बिक्री गर्न तथा खरिद वा बिक्री नगर्न उत्साहित गराउने उद्देश्यले अनाधिकृत तवरले अन्तरवार्ता र अभिव्यक्ति दिई बजारलाई प्रभावित पार्न खोजिएको गुनासो बोर्डमा आएकोले गम्भीर ध्यानाकर्षण भएको छ,’ बोर्डले जारी गरेकफ सूचनामा भनिएको छ, ‘धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैंले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोबारसम्बन्धी कसूर गरेको मानिने जानकारी गराइन्छ ।’

    बजारको स्वतन्त्र रुपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन बोर्डले भनेको छ । सूचनाको बेवास्ता गरी त्यस्तो कार्य गरेको पाइएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही हुने बोर्डले चेतावनी दिएको छ । साथै लगानीकर्ताहरुलाई उक्साहटमा नलागी सुझबुझपूर्ण तवरमा लगानी गर्न पनि बोर्डले आग्रह गरेको छ ।

     

     

     


    images
    images

    Logo