images
images

नेप्सेले दियो बढ्ने क्रमलाई निरन्तरता, कारोबार रकम २ अर्ब ७९ करोड 


  • 612
    SHARES
  • २०८० मंसिर २१ गते बिहीबार

    नेप्सेले दियो बढ्ने क्रमलाई निरन्तरता, कारोबार रकम २ अर्ब ७९ करोड 

    काठमाडौं ।  विहीबार नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अथात् बुधबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो । 

    यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.७३ अंकले बढेर १ हजार ८ सय ५२ दशमलव ७७ विन्दुमा पुगेको छ । विहीबार कारोबारमा आएका २ सय ९९ स्क्रिपको २ अर्ब ७९ करोड रुपैयाँ बराबरको ९५ लाख ५ हजार कित्ता शेयर किनबेच भएको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार १ अर्ब १४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बिहीबार निर्जीवन बीमा र हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ। निर्जीवन बीमा उपमूहको सूचक २।११ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूहको सूचक १।०३ प्रतिशतले बढेको छ।

    केहि दिनदेखि बढ्दो क्रममा रहेका जीवन बीमा कम्पनीहरु भने बिहीबार सुस्ताएका छन्। यस दिन व्यापार बाहेकका १२ वटा उपसमूहको सूचक सकारात्मक छन्।

    आज कारोबारमा आएका १ सय ७५ कम्पनीको शेयर मूल्य बढेको छ । ५७ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको ८६ करोड ८३ लाख रुपैयाँ बढीको कारोबार भएको हो।  सिटिजन्स लाइफ इस्योरेन्सको ९ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्स एण्ड आयलको ९ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, माउण्टेन इनर्जी नेपालको ८ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    विहीबार एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा त्रिशुलि जलविद्युत कम्पनी रहेको छ भने समाज लघुवित्तको ९.९७ प्रतिशतले बढेको छ । सिवाईसी नेपाल लघुवित्तको ९.९१ प्रतिशतले बढेको छ भने नविल व्यालेन्स फेण्डको ९.४८ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo