images
images

आजको कारोबारपछि दुई सूचीकृत कम्पनीको बुक क्लोज, हकप्रद र बोनसको प्रस्ताव


  • 1.4K
    SHARES
  • २०८० मंसिर २१ गते बिहीबार

    आजको कारोबारपछि दुई सूचीकृत कम्पनीको बुक क्लोज, हकप्रद र बोनसको प्रस्ताव

    काठमाडौं । आजको कारोबारपछि दुई सूचीकृत कम्पनीको बुक क्लोज हुँदैछ । शतप्रतिशत हकप्रद शेयर प्रस्ताव गरेको खानीखोला हाइड्रोपावर तथा १२.३५९९ प्रतिशत बोनससहित करिब १३ प्रतिशत लाभांश घोषणा गरेको स्वावलम्बन लघुवित्तको बुक क्लोज हुन लागेको हो । 

    स्वाबलम्बन लघुवित्तको हकमा आजको अन्तिम कारोबारपछि बुक क्लोजका लागि मूल्य समायोजन हुनेछ । यद्यपि खानीखोलाको मूल्य समायोजन भने नियामक निकायको स्वीकृतिपछि मात्रै हुनेछ । आजको बुक क्लोजबाट साधारणसभामा प्रतिनिधित्व मात्रै सुनिश्चित हुनेछ । 

    स्वालम्बन र खानीखोला दुवैले पुस ४ गतेका लागि साधारणसभा आह्वान गरेका छन् । 


    images
    images

    Logo