images
images

७ काराेबार दिनपछि सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो 


  • 454
    SHARES
  • २०८० मंसिर २० गते बुधबार

    ७ काराेबार दिनपछि सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो 

    काठमाडौं । पछिल्लो ७ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, बुधबार सामान्य अंक बढेर बन्द भएको छ। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.३३ अंकले बढेर १ हजार ८ सय ४१ दशमलव ४ विन्दुमा पुगेको छ । 

    आज २ सय ९३ स्क्रिपको १ अर्ब १४ करोड रुपैयाँ बराबरको ३७ लाख ५५ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार १ अर्ब ५४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आज १ सय २१ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ६ कम्पनीको शेयर मुल्य घटेको छ भने १३ कम्पनीको शेयर मूल्य स्थिर छ । १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०.७० प्रतिशत घटेको छ।

    यस दिन रिलायबल नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ७ करोड ३४ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ। यस्तै सन नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ३० लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

    आज एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा ग्लोबल आइएमई लघुवित्त रहेको छ भने विजय लघुवित्तको ८.७ प्रतिशतले बढेको छ । मन्दाकिनी हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर र गणपति लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ।

     


    images
    images

    Logo