काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ आज बुधबार बाँडफाँट भएको छ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँट गरीएको छ । यस हिसाबमा कुल १ लाख १४ हजार १ सय २५ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हातखाली भएका छन् ।
कम्पनीले मङ्सिर १० देखि मङ्सिर १३ सम्म सर्वसाधारणलाई ११ लाख ४१ हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार आईपीओमा कुल १२ लाख ७६ हजार ५ सय ५८ जनाले आवेदन दिएका थिए । यी मध्ये ११ लाख ९१ हजार ९ सय ९८ जनाको आवेदन मात्र योग्य भएको छ । यस हिसाबमा ८४ हजार ५ सय ६० जनाको आवेदन रद्द भएको छ ।



