images
images

१० अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो


  • 409
    SHARES
  • २०८० मंसिर १९ गते मंगलबार

    १० अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

    काठमाडौं । शेयर बजारको गिरावटले आज मंगलबार पनि निरन्तरता पाएको छ । गत साताको सोमबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.१० अंकले घटेर १ हजार ८ सय ३७ दशमलव ७१ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ९२ स्क्रिपको १ अर्ब ५४ करोड रुपैयाँ बराबरको ४६ लाख ९८ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । सोमबार १ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । मंगलबार ६२ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ६१ कम्पनीको शेयर मुल्य घटेको छ भने १४ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन जीवन बीमा उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक ०.१६ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.५७ प्रतिशत घटेको छ। यस दिन होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    सोमबार माउन्ट इनर्जीको सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको ३६ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ भने सिटिजन लाइफ इन्स्योरेन्सको ८ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ड बैंकले ५ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    आज एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा सिंगटी हाइड्रो इनर्जी रहेको छ । त्यसैगरी, यस दिन सिभिल बैंकको ऋणपत्रको मूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। 


    images
    images

    Logo