images
images

नेप्सेले फुकुवा गर्यो तारागाउँ रिजेन्सी होटेल्सको शेयर कारोबार


  • 370
    SHARES
  • २०८० मंसिर १९ गते मंगलबार

    नेप्सेले फुकुवा गर्यो तारागाउँ रिजेन्सी होटेल्सको शेयर कारोबार

    काठमfडौं । तारागाउँ रिजेन्सी होटेल्सको शेयर कारोबार फुकुवा गरिएको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरणसम्बन्धी सम्झौताका सर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

    कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको नाफाबाट लाभांश घोषणा गर्ने निर्णय मंसिर १६ गते गरेकोमा उक्त निर्णय नेप्सेलाई कात्तिक १७ गते  ५ः१५ बजे पठाएको थियो । धितोपत्र सूचिकरण नियमावली अनुसार धितोपत्र मुल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धीत सूचिकरण संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेकाले उक्त नियमावली व्यवस्था पालनमा नगरेको भन्दै नेप्सेले कम्पनीलाई ३ दिन भित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको थियाे । 

    होटल्स हिजै मानवीय त्रुटिका कारण त्यस्तो हुन गएको र आइन्दा यस्ता गल्ती नदोहोर्याउने भन्दै नेप्सेसमक्ष स्पष्टीकरण पेस गरेको थियो ।

     


    images
    images

    Logo