काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ।
नेप्सेमा आज उन्नति सहकार्य लघुवित्तको एफपीओ सूचीकृत भएको हो । जसअनुसार हालै जारी गरिएको एफपीओमा बिक्री गरिएको १ लाख ७८ हजार ४ सय ५१ कित्ता शेयर नेप्सेमा थपिएको छ ।
उक्त कम्पनीको एफपीओ नेप्सेमा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।