images
images

नेपाल वेयरहाउजिङ कम्पनीको आइपिओ बाँडफाँडको मिति तोकियो


  • 839
    SHARES
  • २०८० मंसिर १८ गते सोमबार

    नेपाल वेयरहाउजिङ कम्पनीको आइपिओ बाँडफाँडको मिति तोकियो

    काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बुधबार बाँडफाँड हुने भएको छ ।  बिक्री प्रबन्धक  हिमालयन क्यापिटलले मङ्सिर २० गते बुधबार उक्त आइपिओ बाँडफाँड गर्ने तयारी गरेको हो । समय भने तय नभएको कम्पनीले जनाएको छ । 

    सिडिएससीको विवरण अनुसार उक्त आइपिओमा १२ लाख ५७ हजार सात सय ५६ जनाले एक करोड ३६ लाख ४३ हजार तीन सय ९० कित्ताका लागि आवेदन दिएका छन् जबकी कम्पनीले ११ लाख ४१ हजार दुई सय ५० कित्ताका लागि मात्र आवेदन माग गरेको थियो । यस हिसाबले कुल आवेदकमध्ये ११ लाख ४३ हजार बढीको हात खाली नै रहने भएको छ ।

    नेपाल वेयरहाउजिङ्ग कम्पनीले धितोपत्र बोर्डबाट प्रति शेयर एक सय रुपैयाँ अङ्कित दरमा १३ लाख ७५ हजार कित्ता साधारण निष्कासन गर्न अनुमति पाएको थियो ।
     
    यसमध्ये १० प्रतिशतले हुन आउने एक लाख ३७ हजार पाँच सय कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, दुई प्रतिशतले हुन आउने २७ हजार पाँच सय कित्ता शेयर निष्काशनकर्ता कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि र पाँच प्रतिशतले हुन आउने ६८ हजार सात सय ५० कित्ता शेयर सामूहिक लगानी कोष योजनाहरुका लागि छुट्ट्याइएको छ । 


    images
    images

    Logo