images
images

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाटँको मिति तोकियो


  • 816
    SHARES
  • २०८० मंसिर १७ गते आइतबार

    मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाटँको मिति तोकियो

    काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ मंगलबार बाँडफाँड हुने भएको छ।  बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलले मंसिर १९ गते मंगलबार आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो। समय भने तय नभएको कम्पनीले जनाएको छ । 

    यता, मुक्तिनाथ कृषिको आइपीओ हात पार्न पनि भाग्यकै भरपर्नु पर्नेछ । किनभने यसमा मागभन्दा १२.४८ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । 

    यसमा १३ लाख २२ हजार ९ सय ५४ जनाले कुल १ करोड ४३ लाख २८ हजार १ सय ८० कित्ताका  लागि आवेदन दिएका छन् । जसमा १ लाख १४ हजार ८ सय जनाले मात्र सेयर हात पार्नेछन् । 

    बाँकी १२ लाख ८ हजार १ सय ५४ जनाको भने हात खाली हुनेछ । कम्पनीले मंसिर ८ गतेदेखि १२ गतेसम्म ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको थियो । 

     


    images
    images

    Logo