images
images

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट, परिसुचक १८५१.२३ विन्दुमा 


  • 379
    SHARES
  • २०८० मंसिर १७ गते आइतबार

    नेप्सेसँगै कारोबार रकममा पनि गिरावट, परिसुचक १८५१.२३ विन्दुमा 

    काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको सोमबारदेखि घट्न थालेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२९ अंकले घटेर १ हजार ८ सय ५१ दशमलव २३ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ९३ स्क्रिपको ९६ करोड ४० लाख रुपैयाँ बराबरको ३४ लाख १९ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत साताको अन्तिम दिन अथात् विहीबार १ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबरा भएको थियो । नेप्से निरन्तर ओरालो लागेपछि कारोबार रकम पनि १ अर्बभन्दा तल झरेको छ। 

    आइतबार ९४ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ३६ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मुल्य स्थिर छ । १३ उपसमूहमध्ये यस दिन लघुवित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक ०.०६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.२५ प्रतिशत घटेको छ।

    आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ६ करोड ९५ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ। यस्तै, हाथवे इन्भेष्टमेण्टको पनि ३ कराड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सको २ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने युनाइटेड आईडीआई मर्दी आरवि हाइड्रोपावरको २ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 


    आज थ्रीस्टार हाइड्रोपावरको शेयर मुल्य ९.६३ प्रतिशतले बढेको छ भने सबैको लघुवित्तको ९.४ प्तिशतले बढेको छ । 

     


    images
    images

    Logo