images
images

शिवम् होल्डिङ्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल


  • 456
    SHARES
  • २०८० मंसिर १५ गते शुक्रबार

    शिवम् होल्डिङ्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

    काठमाडौं । शिवम् सिमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङ्सले पनि आईपीओ जारी गर्ने भएको छ । सिमेन्ट्सको करिब ८५ प्रतिशत सेयर लगानी रहेको शिवम् होल्डिङ्सले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको हो ।

    जारी पुँजी ५ अर्ब ८० करोडको २० प्रतिशत बराबर हुने १०० रुपैयाँका दरको १ करोड १६ लाख कित्ता साधारण सेयरहरु सर्वसाधारणहरुका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको हो।

    शिवम् होल्डिङ्स लिमिटेडका संचालक अध्यक्ष शिवरतन शारडाको उपस्थितिमा सिद्धार्थ क्यापिटल लिमिटेडसँग सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धि सम्झौता गरेका छन्।

    शिवम् होल्डिङ्स २०७१ सालमा प्रालि कम्पनी अन्तरगत दर्ता भई २०७९ सालमा पब्लिक लिमिटेडमा नियमानुसार परिणत भएको र नेपालको सबै भन्दा ठूलो सिमेन्ट तथा किलङकर उत्पादन क्षमता भएको कम्पनीले दाबी गरेको छ । अत्याधुनिक प्रविधियुक्त ग्रिनफिल्ड उद्योग, जुन उद्योगले वेष्ट हिटको उपयोग गरेर करिव १२ मेघावाट विद्युत समेत उत्पादन गरी आफ्नै उद्योगमा प्रयोग गर्दै आएको पनि कम्पनीले जनाएको छ । 

    यस्तै, कन्भेयरवेल्टबाट चुनढुंगा ढुवानी गर्न सुरुङमार्ग समेत निर्माण गरिरहेको चिनियाँ विदेशी लगानी समेत रहेको होङशी शिवम् सिमेन्ट प्रालि, विनयी त्रिवेणी गाँउपालिका सर्दी, पूर्वी नवलपरासीमा अवस्थित कम्पनीमा ३० प्रतिशत शेयर रहेको उक्त उद्योग विगत ५ वर्षदेखि पूर्ण संचालनमा रहेको प्रोजेक्टमा ठूलो रकम लगानी गरेको छ र उक्त शेयर लगानी गरेको कम्पनीबाट प्रतिफल समेत प्राप्त गर्न शुरु गरिसकेको बताइएको छ ।

    यस शिवम् होल्डिङग्स लिमिटेडको अधिकृत तथा जारी पूँजी ५ अर्ब ८० करोड रूपैयाँमध्ये संस्थापकहरु तर्फ ८० प्रतिशत अर्थात् ४ अर्ब ६४ करोड रूपैयाँ र सर्वसाधारण तर्फ १ अर्ब १६ करोड रूपैयाँ शेयर पूँजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो ।

    यस कम्पनीका संस्थापकहरुमा शिवम् सिमेन्ट्स लिमिटेडको संस्थागत शेयर लगानी करिव ८५ प्रतिशत र अन्य १९ जना विभिन्न उद्योग, व्यापार र पेशा व्यवसायमा सफल रहनु भएका व्यक्तिहरुको व्यक्तिगत करिव १५ प्रतिशत शेयर लगानी रहेको छ । 

     

     


    images
    images

    Logo