images
images

लगातार चौथो दिन पनि घट्यो नेप्से, कारोबार रकम १ अर्ब ३२ करोडमाथि


  • 427
    SHARES
  • २०८० मंसिर १४ गते बिहीबार

    लगातार चौथो दिन पनि घट्यो नेप्से, कारोबार रकम १ अर्ब ३२ करोडमाथि

    काठमाडौं । विहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला ३ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.०६ अंकले घटेर १ हजार ८ सय ५८ दशमलव ५३ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ८९ स्क्रिपको १ अर्ब ३२ करोड रुपैयाँ बराबरको ४५ लाख ९५ हजार कित्ता शेयर किनबेच भएको छ । 

    नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ।  बुधबार १ अर्ब २३ करोड रुपैयाँ बराबरको शेयर कारोबा भएको थियो । आज ३२ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय १ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.११ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.७३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्सको शेयर कारोबार भएको छ ।  आज यस कम्पनीको ११ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। सोनापुर मिरल्सको ८ कराड रुपैयाँ बराबरको कारोबार भएको छ भने युनाइटेड इदी मर्दी हाइड्रोपावरको ५ करोड १९ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

    यस दिन रु रु जलविद्युत परियोजनाको शेयरमूल्य सर्वाधिक ५.६३ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। 

     

     


    images
    images

    Logo